काभ्रेः सिन्धुलीको मरिण गाउँपालिका–६ कपिलाकोटका वडा अध्यक्ष कुरसाङ लामाको निधन भएको छ । गाउँपालिका अध्यक्ष पानीराज बम्जनले सोमबार दिउँसो वडा कार्यालयमै बसिरहेका बेला एक्कासि उच्च रक्तचाप (ब्लड प्रेसर)का कारण हर्टअट्याक भएर वडाअध्यक्ष लामाको ४३ वर्षको उमेरमा निधन भएको जानकारी दिए ।
उनका वडा अध्यक्ष लामा वडा कार्यालयको आफ्नै कुर्सीमा बसी रहेको अवस्थामा अचानक हर्टअट्याक भएर निधन भएको हो ।
मरिण गाउँपालिका–६ का वडा सदस्य हर्कवीर माझीले दिउँसो वडा कार्यालयमा भएको बैठक सकिएपछि होटलमा खाजा खाई पुन फर्केर वडा कार्यालयमा गएर बसेको केही समयपछि वडा अध्यक्ष लामो निधन भएको जानकारी दिए।
वडा अध्यक्ष लामा आफ्नै टेबलमा लडेपछि उठाएर वडा कार्यालय नजिकै रहेको कपिलाकोट प्राथमिक स्वास्थ्य चौकीमा पुर्याउनु अघि नै निधन भएको वडा सदस्य माझीले बताए ।
लामाको एक श्रीमती र पाँचजना छोरा छन् । वडा अध्यक्ष लामाको निधनप्रति गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले दुस्ख व्यक्त गरेका छन् । लामाको निधनप्रति दुःख व्यक्त गर्दै गाउँकार्यापालिकाको आकस्मिक बैठक बसेर एक मिनेट श्रद्धान्जली अर्पण गरेको छ ।
मंगलबार सबै कार्यालय बन्द हुने
साथै बैठकले वडा अध्यक्ष लामाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ भने भोलि गाउँपालिकाको कार्यालय र सात वटै वडा कार्यालयहरू बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष बम्जनले बताए ।
लामाको भोलि बौद्ध संस्कृतिअनुसार अन्तिम दाहसंस्कार गरिने बताइएको छ।
मरिण गाउँपालिका–६ बाँझडाँडा घर भएका वडा अध्यक्ष लामा २०७४ मा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उममेद्वार बनेर निर्वाचित भएका थिए ।