काभ्रे : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोली अर्थात् शनिबार काभ्रे आउने भएका छन् । तेमाल गाउँपालिकाको नवनिर्मित प्रशासकीय वनको उद्घाटन गर्नका लागि प्रधानपमन्त्री देउवा काभ्रे आउन लागेका हुन् ।
प्रधानमन्त्री देउवाको प्रमुख अतिथ्यतामा हुने सो उद्घटनमा बृहत साँस्कृतिक कार्यक्रम समेत हुने तेमाल गाउँपालिकाले जनाइएको छ ।
उक्त कार्यक्रममा शनिबार ११ बजे गाउँपालिककै कार्यालय परिसरमा हुनेछ । कार्यक्रममा उपस्थितिका लागि गाउँपालिकाले सादर अनुरोध समेत गरेका छन् ।