काभ्रेः प्रजातन्त्र दिवसको अवसरमा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएका छन् । जिल्लाको दक्षिणी भेगमा अवस्थित डाँडापारि क्षेत्र अन्तर्गत महाभारत गाउँपालिका–२ मोक्तानटोलमा नेपली कांग्रेसको कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएका हुन् ।
कांग्रेस निकट तरुण दल बागमती प्रदेश विभाग सदस्य तथा प्रदेश प्रतिनिधि विकास योन्जनको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यकर्ता भेला कांग्रेस महाभारत गाउँपालिका वडा नं. २ ले आयोजना गरेको थियो ।
युवा नेता योञ्जनले कार्यक्रममा बोल्दै जिम्मेवारी पाउनु ठुलो कुरा नभई त्यसलाई सहि ढंगले निभाउन सक्नु सफल हुने बताए । उनले भेलामा स्थानीय निर्वाचन तयारीबारे छलफल भएको जानकारी दिँदै महाभारतमा कांग्रेसको जित सुनिश्चित भएको समेत दाबी समेत गरे ।
उनका अनुसार कार्यक्रममा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायत विभिन्न पार्टी परित्याग गरी करिब २५ जना कांग्रेसमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरुलाई युवा नेता योञ्जन लगायतले टिका, खादा लगाएर कांग्रेसमा प्रवेश गराएका थिए । नवप्रवेशीहरुलाई कांग्रेसको पार्टी सदस्यता कार्डसमेत वितरण गरिएको छ ।