काभ्रेः जिल्लाको विकट खानीखोला गाउँपालिका–४ का दुवै आँखाको मोतिविन्दु पीडित ललिमाया जिम्बालाई आहाना नेपाल फाउण्डेशनले आर्थिक सहयोग गरेका छन् । उक्त सहयोग रकम पुर्व उर्जा राज्य मन्त्री सुर्यमान दोङ ‘लालध्वज’ले मोतिविन्दु पीडित ललिमायालाई भेटेरै हस्तान्तरण गरेका हुन् ।
समाजसेवी तथा युवा नेता अविरल जिम्बाको पहल तथा भिम गोले तामाङको विशेष सक्रियातामा फाउन्डेशनले जुटाएको सहयोग नेता दोङले हस्तान्तरण भएको हो । सहयोग रकम हस्तान्तरण गर्न नेता दोङसँगै समाजसेवी तथा नेता इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, दैवलाल घिसिङ ‘अनुशिल’ र दावा घिसिङ लगायत पुगेका थिए ।
समाजसेवी तथा पहलकर्ता जिम्बाले दुवै आँखाको शल्यक्रियाको लागि आर्थिक समस्याका कारण शल्यक्रिया हुन नसकेको थाहा पाएपछि पीडित तामाङलाई आर्थिक रुपमा सहयोग गरेको बताए । ‘आर्थिक अभावको कारण शल्यक्रियामा ढिलाई भएको खबर पाएपछि मैले केही सहयोगको लागि पहल गर्ने बचन दिएको थिएँ, त्यही बचन अनुसार आँखाको शल्याक्रियाको लागि हामीले सहयोग गरेका हौँ ।’
यसअघि पनि विभिन्न रोगका पीडितहरुलाई सहयोग गरिसकेको बताउँदै समाजसेवी जिम्बाले पीडितहरुको आर्थिक अवस्थाको पहिचान गरेर मात्रै सहयोग गर्ने गरेको पनि प्रष्ट पारे । उनका अनुसार मोतिविन्दु पीडितलाई नगद पन्ध्र हजार रुपैयाँ सहयोग गरेको छ ।
विगत लामो समयदेखि आर्थिक अभावमा दुवै आँखाको मोतिविन्दु पीडित ललिमाया शल्यक्रिय रोकिरहेकामा हालै आर्थिक सहयोग पश्चात् जिल्लाको बनेपास्थित् रेयूकाई एईको मासुनागा आँखा अस्पतालमा दुवै आँखाको शल्यक्रिय सफल भएका छन् ।
आँखाको शल्यक्रिय सफल भएसँगै पीडित ललिमायाले बषौँदेखि बन्द आँखा पुनः पहिले झैँ देख्ने बनाउन सहयोग गरेर नयाँ जीवन दिएकोमा सहयोगी संस्था तथा पहलकर्ता र डाक्टर लगायतलाई धन्यवाद दिएका छन् ।