काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठमा गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एक साताभित्र परीक्षा तालिका सार्वजनिक गरिने जानकारी दिए ।
बोर्डका अध्यक्ष डा. शर्माका अनुसार परीक्षा तालिका तोक्ने विषयमा छलफल भइरहेको छ । उनले भने, ‘कक्षा–१२ को परीक्षा जेठमा हुन्छ । यसै साता परीक्षा तालिका सार्वजनिक गर्छौं ।’
बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्नेगरी बिहीबार तालिका सार्वजनिक गरिसकेको छ ।
यो वर्षको परीक्षामा करिब पाँच लाख परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ ।