बनेपा: काभ्रेका दुई चेली तामाङ मातृभाषा खुला (व्हाईखा) कविता प्रतियोगितामा प्रथम र द्धितीय भएका छन् । कोकोम्हेन्दो साहित्य समाज पोखराद्धारा आयोजित प्रतियोगितामा काभ्रेका हिरामाया घिसिङको ‘योना हाउले होई’ (छिटो आउनु है) प्रथम र रचना मोक्तान ‘यात्री’ को ‘छ्योर्तेन’ (स्मारक) कविताले द्वित्तिय भएका हुन् ।
तामाङ मौलिक लोक संस्कृतिको उजागर गर्ने उद्देश्यले २८५८ औँ ताक/चयन ल्हो (बाघ वर्ष) सोनाम ल्होछारको अवसरमा प्रतियोगिता आयोजना गरिएको थियो ।
निणर्ायक समितिको संयोजक लेखक तथा साहित्यकार तिर्थ तामाङ, मिनमाया तामाङ र दिपक तामाङ टोलीको निणर्य अनुसार तृतीय स्थान बाराको माधव खतिवडाको ‘व्हाईखा ल्हो ल्हो’ (कविता जस्तै जस्तै) र ललितपुरका बुद्धराम थिङको ‘टिगा ए तामाङ हिन्ना ?’ (के तिमी तामाङ हौ ?) कविताले हात परेको छ ।
त्यस्तै रामेछापका उदय बहादुर लामाको ‘उन्मा’ (उहिले) र सिन्धुलीका रुपक जमरा घलानको ‘ङाला रिमठिम’ (मेरो रितिरिवाज) ले सान्त्वना भएका छन् ।
संयोजक तामाङले प्रतियोगितामा प्रथम, द्वित्तिय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १० हजार, ८ हजार, ६ हजार र ३ हजारसहित प्रमाणपत्र प्रदान गरिने बताए । उनका अुनसार प्रतियोगितामा काभ्रे, बारा, ललितपुर, सिन्धुली, कास्की, लमजुङ, चितवन लगायतका जिल्लासँगै अमेरिकाबाट समेत रचना पठाएका थिए ।