काठमाडौँः राप्रपाका पूर्व(अध्यक्ष कमल थापाले पार्टी त्यागको घोषणा गरेका छन्। मंगलबार गृहजिल्ला मकवानपुर पुगेका थापाले पार्टी छाडेको घोषणा गरेका हुन् ।
थापाले पार्टी भित्र देखा परेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गर्ने आफ्नो चाहना सुनुवाइ नहुने देखेपछि पार्टी त्यागको अप्रिय निर्णय लिनुपरेको बताए ।
राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टीमा रमाउने आफ्नो उत्कट चाहना पुरा गर्न नपाएको भन्दै थापाले दुःख व्यक्त गरेका छन् । स्मरणीय छ थापाले राप्रपा त्याग्ने कल्पना त गरेका थिएनन् नै तर पार्टी एकताताका पार्टी विभाजन नगर्ने भन्दै गीता छोएर कसम समेत खाएका थिए ।
थापाको बहिर्गमन अनपेक्षित र असामान्यः अध्यक्ष लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाको पार्टी बहिर्गमनसम्बन्धी निर्णय अनपेक्षित र असामान्य रहेको प्रतिक्रिया दिएका छन् ।
थापाले हेटौँडाबाट पार्टी परित्याग गरेको घोषणा गरेपछि अध्यक्ष लिङ्देनले थापालाई ‘फेस सेभिङ’ हुने गरी उनको माग सम्बोधनका लागि मध्यमार्गी बाटो खोजिरहेका वेला पार्टी छाडेको भन्दै आफू आश्चर्यमा परेको बताए ।
‘म उहाँसँग समझदारी निर्माणका लागि प्रयासरत थिएँ, उहाँलाई थाहा थियो । तर, अचानक पार्टी त्याग गर्नुभएको जानकारी सञ्चारमाध्यमबाट पाएँ,’ अध्यक्ष लिङ्देनले भने, ‘ म देशभरिका राप्रपाका कार्यकर्तालाई नआत्तिन, धैर्य गर्न आग्रह गर्दछु ।’
उनले पार्टी आफ्नो मूल्य र मान्यतासहित आफ्नो गतिमा अघि बढ्ने र थापा अलग हुनु राम्रो होइन नभएपनि यसले पार्टीलाई ठूलो असर नगर्ने बताए । यसलाई
शनिबार थापानिवास बुढानीलकण्ठ पुगेर लिङ्देनले पार्टी महाधिवेशनपछि पहिलोपटक थापालाई भेटेका थिए ।
शनिबार भएको भेटवार्तामा थापाले अलग पार्टी गठन गर्ने संकेत नदिएको, तर पार्टी अलग भए पनि नेताहरूबीच सम्बन्ध सुमधुर हुनुपर्ने धारणा राखेका थिए । विगतमा पार्टी नेता सूर्यबहादुर थापासँग आफू अलग पार्टीमा रहे पनि सुमधुर सम्बन्ध रहेको उदाहरण थापाले लिङ्देनलाई दिएका थिए ।
यो पनि पढ्नुहोस्
https://indrenimala.com/archives/693