काठमाडौँः बुधबारका लागि बोलाइएको संसद् बैठक स्थगित भएको छ । उक्त बैठक फागुन २ गते सोमबार बस्नेछ ।
संसद् सचिवालयले सूचना जारी गर्दै बुधबार बोलाइएको बैठक स्थगित भएको जनाएको छ ।
बुधबारको बैठकका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए ।
यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो ।