काभ्रेः जिल्लाको विकट महाभारत गाउँपालिकाले अनुदानमा मिटर बक्स वितरण गर्ने भएको छ । गाउँपालिकाको दशौं गाउँसभाले अनुदानमा मिटर बक्स वितरण गर्ने निणर्य गरेको हो ।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गाउँपालिकामा केन्द्रिय विद्युत लाइन विस्तारको क्रममा रहेकोले सबै घरधुरीलाई अनुदानमा मिटर वक्स वितरण गर्न लागेको जानकारी दिए ।
उनले भने, ‘केन्द्रिय विद्युत लाइन विस्तारको क्रममा पालिकाबासीलाई मिटर बक्स अनुदानमा वितरण गर्न लागिएको हो ।’
सभाले गाउँपालिकाका गौरवका योजनाहरुलाई निरन्तरता दिने, सडक, खानेपानी, सिचाँई, कृषि,शिक्षा, स्वास्थ्य लगायतका विषयमा रहेको योजनाहरुलाई यथाशिघ्र कार्य सम्पन्न गर्ने निणर्य समेत भएको छ ।