मकवानपुरः पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९ नेवारपानीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
आइतबार मनहरीबाट हेटौडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एनएल–०१ एन २९९९ नम्बरको भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिँदा स्कुटरमा सवार एकजनाको मृत्यु भएको हो ।
मकवानपुरका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर देवेन्द्र दासले मृत्यु हुनेमा हैटौंडा–१० टिसिएनरोड बस्ने बुद्धिबहादुर श्रेष्ठ रहेको जानकारी दिए ।
ठक्करबाट सिकिस्त श्रेष्ठको उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जनाइएको छ । ठक्कर दिने भारतीय ग्यास बुलेट र चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।