काभ्रे – काभ्रेको बनेपा लगायतका विभिन्न भागमा वर्षा र हिउँ परेको छ । जिल्लाको बनेपा, धुलिखेल, नमोबुद्ध, चौरीदेउराली, भुम्लु, बेथानचोक लगायत आसपासका क्षेत्रहरु हिउँले सेताम्मे भएका छन् ।
हिउँमा रमाउँदै गरेको अवस्थामा भेटिएकी विष्णु माया तामाङले गाउँमै हिउँ परेसँगै हिउँमा खेल्ने रहर पुरा भएको बताइन् ।
त्यस्तै पत्रकार क्रान्ति दोङले हिमपातले जनजीवन प्रभावीत हुने भए पनि आफूलाई भने हुउँमा रमाउन पाउँदा खुशी लागेको बताए ।
उनी जस्तै अरुको पनि हिउँसगँ रमाउन पाउदा मुहार हिउँझै उज्यालो देखीन्थे । हिउँ परेर चिसो बढे पनि अन्तरिक पर्यटकहरु भने चिसोको प्रभाह नगरी हिउँमा रमाउन ब्यस्त देखिन्थे ।
यसअघि हिउँ खेल्न जिल्लाको नारायणस्थान, दोलाखको भिमसेनस्थान र रामेछापको शैलुङ क्षेत्रमा पुग्ने काभ्रेबासीहरु बनेपा आसपासमै हिउँपरे पछि रमाएका छन् ।
विहिबार रातिदेखी पानी परेको थियो । हिउँको कारण जिल्लाको तापक्रम समेत घटेको छ भने विशेष गरि लेकाली क्षेत्रको जनजीवन प्रभावित वनेको छ ।
हिउँ परेसँगै बाली राम्रो हुने भएकाले कृषकहरुको अनुमान छन् । बेथानचोकमा भने यस वर्षको दोस्रो पटक हिउँ परेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले हिउँको सवारी दुर्घटना हुने सम्भावना बढेको त्यसतर्फ सचेत रहन समेत आग्रह गरिएको छ ।
फोटो – क्रान्ति दोङ