सल्यानः बनगाड कुपिण्डे नगरपालिका–३ बाझँकोटका मिर्गौला रोगी ४५ वर्षीय मोहन कामी आर्थिक अभावमा अस्पतालको शय्यामा छट्पटाइरहेका छन् ।
दुवै मिर्गौला फेल भएका कामी अहिले काठमाडौंको वीर अस्पतालमा उपचाररत छन् । आर्थिक अवस्था कमजोर भएका उनले आफूसँग भएको चार लाख सकिएपछि थप उपचारमा समस्या भएको बताए ।
एक वर्षदेखि नेपालगञ्जमा उपचार गराइरहेका कामीले करिब तीन महिनाअघि काठमाडौंमा स्वस्थ्य परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको रिपोर्ट आएको उनका छोरा राजेन्द्रले बताए ।
‘नेपालगञ्जमा अन्य रोगको उपचार गर्दा भएभरको पैसा सकियो‚’ उनले भने‚ ‘बिरामी ठिक नभएपछि थप उपचारका लागि काठमाडौं ल्याउँदा दुईवटै मिर्गौला फेल भएको रिर्पोट आयो । आर्थिक अभाव हुँदा नियमित डायलासिस गर्न समस्या भइरहेको छ ।’
मोहनले आफूलाई बचाइदिन अनुरोध गरेका छन् । सहयोग गर्न चाहने सहयोगीले राजेन्द्र विकको लक्ष्मी बैंक सल्लीबजारको खाता नम्बर ०६९२०००८८५४ मा आर्थिक सहयोग गर्न सक्नेछन् ।