काभ्रेः जिल्लाको पनौती नगरपालिका–८ मल्पीमा रहेको सुधार गृहमा एक किशोरको रहस्यमय मृत्यु भएका छन् ।
सोमबार होम पुनःस्थापना केन्द्र नामक सुधार गृहमा राखिएका मण्डनदेउपुर नगरपालिका–१० का १७ वर्षीय सुहोन श्रेष्ठको मृत्यु भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले बिरामी परेपछि उपचार गराउनको लागि अस्पताल ल्याउने क्रममा श्रेष्ठको मृत्यु भएको जनाएको छ । तर श्रेष्ठका आफन्तले भने कुटपिटका कारण मृत्यु भएको दाबी गरेका छन् ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार श्रेष्ठको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको छ ।