Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

४ वर्षदेखि मासिक तारेख

काभ्रेः तीन तहको सरकारबीच कानुन कार्यान्वयनमा अस्पष्टता हुँदा सर्वसाधारणले सास्ती पाएका छन् । कानुनको फरक–फरक व्याख्याका कारण सेवाग्राही मर्कामा परेका हुन् । ‘फौजदारी प्रकृतिको’ वन मुद्दा नेपाल सरकारको कर्मचारीले मात्रै हेर्ने कानुनी व्यवस्थाले प्रदेशअन्तर्गतका कार्यालयले मुद्दा फैसला गर्न सकेका छैनन् ।

संघीयता कार्यान्वयनपछि साविक जिल्ला वन कार्यालय प्रदेश सरकारअन्तर्गतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमातहत रह्यो । हाल प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय अस्तित्वमा छ । संघीय सरकारको वन ऐन, २०७६ ले प्रदेश सरकारअन्तर्गत रहेका डिभिजन वन कार्यालयको अस्तित्व पनि स्विकारेको छ तर सोही ऐनमा डिभिजन वन अधिकृत भन्नाले ‘नेपाल सरकारले खटाएको डिभिजन वन कार्यालयको प्रमुख सम्झनुपर्छ’ भन्ने उल्लेख छ । उक्त व्यवस्थाअनुसार संघीय वन ऐनले प्रदेशअन्तर्गतका डिभिजनल वन अधिकृत चिन्दैन ।

दुई लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै मुद्दा नेपाल सरकारको डिभिजनल वन अधिकृतले कारबाही र किनारा गर्ने व्यवस्था गर्दै ‘मुद्दा हेर्ने अधिकारी’ का रूपमा डिभिजनल वन अधिकृतलाई तोकेको छ । तर ऐनमा नेपाल सरकार (संघीय सरकार) को कर्मचारी भनेकाले डिभिजन वन अधिकृतहरूले चार वर्षदेखि मुद्दाको फैसला गरेका छैनन् । अर्धन्यायिक निकाय वन कार्यालयबाट मुद्दाको अन्तिम किनारा ९फैसला० नलागेका कारण आरोपितहरू ४ वर्षदेखि तारेख धाउन बाध्य छन् ।

‘संघीयतापछि हामी प्रदेशमा समायोजन भएका कर्मचारी हौं, डिभिजन वन कार्यालय पनि प्रदेश सरकार मातहतको हो,’ डिभिजन वन कार्यालय काभ्रेका प्रमुख देवीचन्द्र पोखरेलले भने, ‘संघीय वन ऐनले मुद्दा हेर्ने अधिकारीका रूपमा नेपाल सरकार ९संघ० का कर्मचारीलाई भनेको कारण हामीले चार वर्षदेखिका मुद्दा फैसला गर्न पाएका छैनौं, यो काभ्रे मात्र नभई देशभरको समस्या हो ।’

२०७४ कात्तिकमा इनरुवाका ३४ वर्षीय गृजलाल मगरलाई घरमा कछुवा पाल्न रहर लाग्यो । ४ वटा कछुवाका बच्चा लिएर उनी कर्मथलो काठमाडौं निस्किए । काभ्रेको मंगलटारमा प्रहरी चेकिङमा पर्दा मात्रै उनी झल्यास्स भए ।

‘हाम्रोतिर त घरआँगनमा नै पाइन्छ कछुवा, रहर लागेर पाल्नुपर्‍यो भनेर काठमाडौं लाग्दै थिएँ, पुलिस चेकिङमा परे, त्यसरी लैजानु गैरकानुनी हो भन्ने त्यहाँ भनेपछि मात्रै थाहा भयो,’ गृजलालले भने, ‘घरमा नै लाने हो, नमिल्ने भए यही खोलामा छोडिदिन्छु भन्दा पनि मानेनन्, ४ वर्षदेखि मुद्दा खेपिरहेको छु ।’

राष्ट्रिय निकुञ्ज तथा वन संरक्षण ऐन (२०२९) को दफा २६ (६) बमोजिम कसुर गरेको भन्दै उनलाई २० हजार धरौटी र छ महिना कैदबापत ४५ सय रुपैयाँ जरिवाना गर्ने आदेश भएको थियो । त्यसयता उनी मासिक तारेखमा छन् । अन्तिम फैसला नआएको कारण उनको स्कुटर र आइफोन समेत डिभिजन वन कार्यालय काभ्रेमा थन्किएको छ ।

गृजलालका जस्तै विभिन्न प्रकृतिका २४ थान मुद्दा काभ्रेमा फैसला हुन बाँकी छन् । बिना इजाजत वन पैदावार ओसारपसार गरेका मुद्दा १८ वटा, बँदेलको मासु बिक्री गरेको, कछुवाको बच्चा ओसारपसार गरेको, बँदेल मारेको, चितुवाको छालारहड्डी ओसारपसार गरेको, हुचिल ओसारपसार गरेको र रतुवा मृग सिकार गरेको १र१ वटा मुद्दा फैसला हुन बाँकी छन् ।

तीमध्ये ९ वटा मुद्दा ३ वर्ष नाघिसकेका छन् भने २ वर्ष नाघेका २ वटा, १ वर्ष नाघेका १ वटा र १२ वटा मुद्दा १ वर्षभित्रका छन् । ती घटनामा बरामद भएका २ वटा ट्रक, एउटा मोटरसाइकल र एउटा स्कुटर डिभिजन वन कार्यालयमा नै थन्किएको छ । ती घटनामा संलग्न ५६ जनाले मासिक तारेख बुझिरहेका छन् । फैसला नभए पनि घटनाका आरोपी मासिक रूपमा कार्यालयमा हाजिर भइरहेका छन् । कतिपयले त म्यादसमेत गुजारेका छन् ।

वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले कानुनको अस्पष्टताले समस्या ल्याएको स्विकारे । ‘कानुनी अस्पष्टताका कारण समस्या भएको सही हो, देशभर करिब १२ सय मुद्दा फैसला हुन बाँकी छन्,’ खड्काले भने, ‘डिभिजन वन अधिकृतलाई संघीय कानुनले चिन्दैन, देशभर रहेको यो समस्यालाई कानुनबाटै समाधान गर्न गृहकार्य भइरहेको छ ।’

सामुदायिक वन उपभोक्ता महासंघले भने वनसम्बन्धी कानुन बनाउने अधिकार नै स्थानीय तहमा हुनुपर्ने अडान राख्दै आएको छ । ‘वनसम्बन्धी सम्पूर्ण अधिकार स्थानीय तहमा नै हुनुपर्छ भन्ने हाम्रो माग हो, ढिलोचाँडो त्यो माग सम्बोधन हुन्छ, हुनुपर्छ,’ साम्दुायिक वन उपभोक्ता महासंघ वागमती प्रदेशका अध्यक्ष विनोद सापकोटाले भने, ‘डिभिजन र सबडिभिजन वनको संरचना खारेज गरी संघ, प्रदेश र स्थानीय सरकारको मातहतमा रहने गरी वनको सेवा प्रदान गर्नुपर्छ ।’

संविधानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण व्यवस्थापन, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा सिमसार क्षेत्र, राष्ट्रिय वन नीति, कार्बन सेवा संघको अधिकार क्षेत्रभित्र छ । प्रदेशभित्रको राष्ट्रिय वन, जल उपयोग तथा वातावरण व्यवस्थापन प्रदेशको अधिकारको सूचीमा छ भने जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण स्थानीय तहको अधिकारको सूचीमा छ । संविधानमा वन, जंगल, वन्यजन्तु, चराचुरुंगी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता संघ, प्रदेश र स्थानीय सरकारको साझा सूचीमा राखिएको छ । समाचार कान्तिपुरका लागि नगेन्द्र अधिकारीले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

बेथानचोकमा नेकपा (माओवादी केन्द्र) सम्बद्ध जेष्ठ कम्युनिष्ट मंच गठन एवम् सम्मान कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे  बिद्यालय भवनको  शिलान्यास कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे बिद्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

Load More
ward5
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host