काभ्रेः जिल्ला प्रशासन कार्यालय काभ्रेले ई-पासपोर्ट (विद्युतीय राहदानी) सेवा शुरु भएको छ । आइतबार प्रजिका काभ्रेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ई-पासपोर्ट सेवा शुरु गरिएको जानकारी दिइन् ।
प्रजिअ पाण्डेका अनुसार ई-पासपोर्ट लिनको लागि राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य चाहिन्छ । उनले पहिलो दिन १० जनालाई ई-पासपोर्ट वितरण समेत बताईन् ।
त्यस्तै काभ्रेका सहायक प्रजिअ अमर दीप सुनुवारले ई-पासपोर्ट एमआरपी (मेसिन रिडएबल पासपोर्ट)को तुलनामा बढी विश्वसनीय र सुरक्षित भएको बताए ।
जिल्ला प्रशासन कार्यालयले आफैंले भर्न नसक्नेहरुको लागि हेल्प डेस्कमा स्थापना गरेको र उक्त डेक्सबाट अनलाइनबाट फारम भर्न सकिने जनाइएको छ ।